October 22, 2024, Tuesday
KN hd tv

रेड नोटिस जारी भएका तीन जना आरोपी दुबईबाट पक्राउ

काठमाडौं – ठगी र जबरजस्ती करणी सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई प्रहरीले दुबईबाट पक्राउ गरेको छ।

दुबईबाट पक्राउ गरी बुधबार तीनै जनालाई काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको छ। ठगी मुद्दा र बलात्कार मुद्दामा फरार रहेका प्रतिवादीहरू पक्राउ परेका हुन्।

ठगी मुद्दामा फरार रहेका भूपेन्द्र बोहोरा र रियाज भन्ने कबिर बुढाथोकी पक्राउ परेका छन्।त्यस्तै जबरजस्ती करणी मुद्दामा रोमन कार्कीलाई प्रहरीले पक्राउ गरी काठमाडौं फिर्ता ल्याएको हो। 

भुपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा कारबाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

इन्टरपोलबाट अन्तर्राष्ट्रिय स्तरमा समन्वय गरी उनीहरूलाई दुबईबाट पक्राउ गरिएको हो।

शीर्ष समाचार

धेरै पढिएको