July 27, 2024, Saturday
KN hd tv

मौसमः आज बाँके, बर्दिया र कैलालीमा भारी वर्षा, सतर्क रहन आह्वान

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले मुलुकभरका सबै प्रदेशमा हल्का वर्षा भइरहेको छ ।

नेपाल बाढी सूचना केन्द्रका अनुसार बाँके, बर्दिया र कैलाली तथा आसपासका जिल्लामा भने भारी वर्षा भएको छ ।

केन्द्रले जारी गरेको सूचनामा त्यस क्षेत्र आसपासका तटीय क्षेत्रका बासिन्दालाई कम्तिमा ९ बजेसम्म सतर्क रहन आग्रह गरिएको छ ।

मौसम पूर्वानुमा महाशाखाका अनुसार अहिले देशभर सामान्यतया बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि केही स्थानहरूमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । राति प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको