October 25, 2024, Friday
KN hd tv

‘कुलमानलाई दोस्रो कार्यकाल नदिनु पद्दति होइन भ्रष्ट राजनीतिको चरम नमूना हो’: रवीन्द्र मिश्र

काठमाडौं – साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई दोस्रो कार्यकाल नियुक्ति दिनुपर्ने बताएका छन्। 

बुधबार सामाजिक सञ्‍जालमार्फत संयोजक मिश्रले धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करार सेवा दिइने भन्दै कुलमानलाई पनि पुनः नियुक्त गर्न माग गरेका हुन्। ‘राम्रो काम गरेर नियमले नरोक्ने भए त्यसलाई खुसीसाथ नवीकरण गरिन्छ। विज्ञापन गर्छौँ, तिमीले फेरि निवेदन देऊ भनिँदैन’, उनले भने, ‘‘कुलमानजीले त असाधारण काम गरेका हुन्।

उनलाई दोस्रो कार्यकाल नदिनु पद्धति होइन, भ्रष्ट राजनीतिको चरम नमूना हो।’ मिश्रले प्राधिकरणमा रहँदा कुलमानले असाधारण काम गरेको पनि बताएका छन्। उनलाई दोस्रो कार्यकाल नदिनु भ्रष्ट राजनीतिको नमूना भएको उनको जिकिर थियो।  धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करारसेवा दिइन्छ। राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुशीसाथ नविकरण गरिन्छ।

“विज्ञापन गर्छौँ, तिमीले फेरि निवेदन देऊ” भनिँदैन। कुलमानजीले त असाधारण काम गरेका हुन्। उनलाई दोस्रो कार्यकाल नदिनु पद्दति होइन भ्रष्ट राजनीतिको चरम नमूना हो।

शीर्ष समाचार

धेरै पढिएको