July 27, 2024, Saturday
KN hd tv

डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर छः ओम अस्पताल

काठमाडौँ – ओम अस्पतालले नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ । अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।

कोरोना भाइरसको संक्रमणका कारण होम आइसोलेसनमा बसिरहेका डा. कोइरालालाई मंगलबार स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

डा. कोइरालाको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा. सुवोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठलगयातको टोली रहेको अस्पतालले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको