September 7, 2024, Saturday
KN hd tv

यो सरकार पुर्ण कार्यकाल टिक्छ – उपप्रधानमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस – एमाले गठबन्धनको सरकार पुरै अवधि टिक्ने बताएका छन् । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाको नेतृत्वमा शुक्रबार गएको नगरपालिका संघका पदाधिकारीहरुसँगको छलफलमा बोल्दै उपप्रधानमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले कांग्रेस र एमालेको गठबन्धन भएर सरकार बन्ने कुरा देश र जनताको लागि मात्र भएको भन्दै त्यही स्प्रीडमा काम गर्न नगरप्रमुखहरुलाई समेत आग्रह गर्नुभयो । ‘राजनीतिक स्थायित्व हुन्न कि भन्ने अब चिन्ता नलिनुस ।’ संघका अध्यक्ष ढुंगानाले राजनीतिक स्थायित्वको बारेमा गराएको ध्यानाकर्षणको जवाफ दिंदै उपप्रधानमन्त्री पौडेलले भने ‘यो सरकार पुरै बांकी अवधि रहन्छ, काम गर्दा केही अप्ठ्यारो आयो भने पनि विकल्प खोज्न लागिदैन, मिलेर नै निष्कर्ष निकालेर काम गछौं ।’ उनले नगरप्रमुखहरुलाई समेत संघयि गठबन्नधको स्प्रिडमा काम गर्न भने ‘यो गठबन्धन तल माथि हुन्न, अब विकल्प पनि छैन, तपाईहरु पनि त्यही स्प्रीडका साथ काम गर्नुुस् ।’


उनले वित्तिय समानिकरणको बांकी रकम पनि भुक्तानीका लागि पहल गर्ने बताए । ‘वित्तिय समानिकरणको बांकी रकम निकासाका लागि पनि म पहल गर्छु ।’ उनले भने ।

संघका अध्यक्ष ढुंगानले वित्तिय समानिकरण अनुदान वापतको रकम अझै सात प्रतिशत निकास हुन बांकी रहेको भन्दै सो रकम निकासा गरिदिन आग्रह गरेका थिए । ‘वित्तिय समानिकरणको सबै अनुदान हामीले पाएका छैनौ, अझै सात प्रतिशत भुक्तानी हुन बांकी छ, त्यो रकम तत्काल निकास गराईदिनुहुन अनुरोध गर्दछु ।’ अध्यक्ष ढुंगानाले भने ‘अघिल्लो अर्थमन्त्रीलाई त्यो रकम संवैधानिक अधिकार भित्र पर्छ, दिन पर्छ भन्ने हजुर नै अर्थमन्त्री भएकाले वित्तिय समानिकरणको पुर्ण अनुदान आउँछ भन्नेमा हामी विश्वस्त छौं ।’ अध्यक्ष ढुंगानाले नगरपालिका संघले संघको भवन निमार्ण गर्न लागेकाले आवश्यक सहयोग गर्न पनि आग्रह गरे ।
भेटघाटका क्रममा नगरपालिका संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थीति रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको