September 7, 2024, Saturday
KN hd tv

स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई कुट्ने धम्की आयो : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बर्खास्तमा परेका नेता मुकुल ढकालले स्वर्णिम वाग्लेको सचिवालयबाट आफूलाई कुट्ने धम्की आएको बताएका छन् । 

आज (आइतबार) सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले भनेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक–पटक फोन गरे, फोन उठाइन । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले शनिबार राति वाग्लेको सचिवालयले फोन गरेर त्यसै नछोड्ने धम्की दिएको बताएका छन् । 

ढकालले शनिबार एक इन्टरभ्यूमा वाग्लेले नेपाललाई भारतको एक प्रान्त बनाउनु पर्छ भन्ने अभिव्यक्ति दिएको आरोप लगाएका थिए । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’… लगायत अनेक भनेका छन् ।’ उनले हिजो राति नै इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइ दिन आग्रह गरेको बताएका छन् ।

पार्टीको समीक्षा यात्रा र त्यसको प्रतिवेदनसँगै विकास भएका घटनाक्रमले रास्वपाभित्र आन्तरिक द्वन्द्व बढेको छ । जसका कारण पार्टीले मुकुल ढकाललाई साधारण सदस्य मात्रै रहने गरी निष्काशन गरेको छ । तर ढकाल भने आफू रवि लामिछानेको क्लबबाट मात्र निष्काशन भएको बताउँदै आएका छन् । 

शीर्ष समाचार

धेरै पढिएको