September 7, 2024, Saturday
KN hd tv

सिमलताल पहिरो : नारायणी किनारमा थप एक शव फेला, भेटिनेको संख्या ६ पुग्यो

चितवन । चितवनको नारायणी नदी किनारमा थप एक शव भेटिएको छ । गैडाकोट–७ मा थप एक पुरुषको शव भेटिएको खबर आएको चितवन प्रहरीले जनाएको छ ।

यो शव गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्येको हो वा होइन भन्ने पुष्टी हुन भने बाँकी रहेको छ । यसअघि पाँच जनाको शव फेला परेकोमा तीन जनाको परिचय खुलेको थियो ।

प्रहरीका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । 

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शुक्रबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।

गौरतर्फ गइरहेको बसमा टिकट काटेका २४ जना र काठामाडौँतर्फ गइरहेको बसमा टिकट काटेका २७ जना बेपत्ता भएका थिए । अहिलेसम्म पनि बस भेटिएको छैन र त्रिशुली नदीमा खोजीकार्य जारी रहेको छ ।
 

शीर्ष समाचार

धेरै पढिएको