September 7, 2024, Saturday
KN hd tv

गण्डकीमा फणिन्द्रलाई सांसदको हैसियतमा काम गर्न दिन सर्वोच्चको अन्तरीम आदेश

सर्वोच्च अदालतले गण्डकी प्रदेशमा प्रदेश सदस्यको हैसियतले काम गर्न दिन फणिन्द्र देवकोटालाई अन्तरिम आदेश दिएको छ । माओवादीले आफ्नो निर्वाचन चिन्हबाट चुनाव जितेको भन्दै ह्विप उलंघनमा देवकोटालाई कारबाही गरेको थियो । माओवादी पार्टीको कारबाही गैरसंवैधानिक भएको भन्दै आफ्नो पद कायम नै गर्न माग गर्दै देवकोटा सर्वोच्च गएका थिए । सत्तारुढ गठबन्धनको विरुद्धमा उनले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउन विश्वासको मत दिएका थिए ।
सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो ।

यो आदेशसँगै देवकोटाले गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न पाउनेछन् ।
देवकोटाले भने आफू नेपाल समाजवादी पार्टीको सदस्य भएकाले माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने जिकिर गर्दै आएका थिए । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट गोरखा २ ९१० बाट निर्वाचित भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको