November 21, 2024, Thursday
KN hd tv

केटा साथीसँग हिँडेकी चन्द्रिका घाँटी रेटिएको अवस्थामा मृत्त भेटिइन्, सिसौघारीमा भेटियो शव

सिरहा । सिरहामा हत्या गरेर फालेको अवस्थामा एक २५ वर्षीया युवतीको शव भेटिएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–३ को सिसौघारीमा धारिलो हतियारले घाँरी रेटेर हत्या गरी फालेको अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

शव सिराहाकै औरही गाउँपालिका–२ का जितरंजन यादवकी छोरी २५ वर्षीया चन्द्रिकाकुमारीको भएको जिप्रका सिरहाका डीएसपी उदय द्विवेदीले जानकारी दिए । ‘बरियारपट्टी गाउँपालिका–३ शिवरनरस्थित सिसौघारीमा मंगलबार उनको शव फेला परेको हो,’ द्विवेदीले भने, ‘शव पोस्टमार्टमको लागि सिरहा प्रादेशिक अस्पतालमा राखिएको छ । हामी घटनाको थप अनुसन्धान गरिरहेका छौँ ।’

उनले चन्द्रिका गएको तिहारदेखि वुवा–आमाको सम्पर्कमा नरहेको जानकारी आफूहरुलाई प्राप्त भएको बताए । ‘अभिभावकले गएको तिहारदेखि नै उनी घर छाडेर एक जना केटा साथीसँग हिँडेको जानकारी दिएका छन् । त्यसयता उनी घर आएकी थिइनन् भन्ने उनीहरुको भनाई छ ।’

चन्द्रिका गएको आठ महिनादेखि घर नफर्किए पनि उनले विवाह गरे÷नगरेको खुलेको छैन । उनीहरुले छोरी कहाँ बस्थिन्, आफूहरुलाई कुनै जानकारी नभएको बताएको प्रहरीको भनाइ छ । प्रहरीले उनका केटा साथीको नाम पनि सार्वजनिक गरेको छैन । यो अनुसन्धानकै विषय भएकाले हामीले ती युवकको नाम सार्वजनिक नगरिएको र अनुसन्धान भइरहेको इन्सपेक्टर द्विवेदीले बताए ।

शीर्ष समाचार

धेरै पढिएको