September 7, 2024, Saturday
KN hd tv

गण्डकीमा ‘फ्लोर क्रस’ गरेका देवकोटाको गुम्यो सांसद पद

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएका फणिन्द्र देवकोटाको सांसद पद गुमेको छ ।

नेकपा माओवादी संसदीय दलले गरेको कारबाहीको पत्र सभामुखले सभामा पढेर सुनाए लगत्तै देवकोटाको सांसद पद गुमेको हो । शुक्रबार बसेको प्रदेश सभा बैठकका सभामुख कृष्णप्रसाद धितालले देवकोटालाई कारबाही गरिएको सम्बन्धी माओवादी संसदीय दलको पत्र पढेर सुनाएका थिए । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम देवकोटालाई कारबाही गर्न माग गर्दै माओवादी संसदीय दलले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएको थियो ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका देवकोटा २०७९ सालको आम निर्वाचनमा माओवादीको चिन्ह लिएर चुनाव लडेका थिए । जेठ २८ गते प्रदेश सभामा उनले कांग्रेसका पाण्डेलाई मत दिएर सरकार जोगाइदिएका थिए । देवकोटाको पद गएसँगै पाण्डे फेरि अल्पमतमा परेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको