July 27, 2024, Saturday
KN hd tv

कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।

मन्त्रालयका यसअघि हिजो (शनिबार) १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो । जसमा सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाडौंकी ७६ वर्षीय महिला तथा ५१ र ५४ वर्षीय पुरुष थिए ।

त्यसैगरी भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला, स्यांजाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देहीका ६० र ४० वर्षीय पुरुष गरी १४ जनाको कोरोनाले मृत्यु भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको