October 25, 2024, Friday
KN hd tv

कञ्चनपुरमा जुवातास खेल्नेको रिहाइ माग गर्दै प्रहरी कार्यालयमा ढुङ्गामुढा

कञ्चनपुर – कञ्चनपुरको पुर्नवास नगरपालिका-५ दोबाटो चौताराबाट जुवातास खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेपछि रिहाइको माग गर्दै गएराति इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा ढुङ्गा मुढा प्रहार भएको छ।

कोरोनाको महामारीका विच भिडभाड गरी सार्वजनिकस्थलमा मनोरञ्जनका लागि जुवातास खेल्नेलाई निरुत्साहित गर्न प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको थियो।  ४०/५० जनाको संख्यामा रहेका व्यक्तिहरुले इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा जुवातास खेल्नेहरूको रिहाइको माग गर्दै ढुङ्गा मुढा गरेका हुन्।

त्यो समूहले जुवातास खेल्नेहरूलाई छुटाउन आधा घण्टासम्म इप्रका त्रिभुवन बस्तीमा दबाब दिएको हो।  सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टका प्रहरी निरीक्षक सुरेश महर्जन र बीचफाँटाका सशस्त्र प्रहरी निरिक्षक सुमन अधिकारीको कमाण्डमा रहेको २० जनाको टोली र प्रहरीको संयुक्त प्रयासमा ढुङ्गा मुढा गर्नेहरुलाई  घर पठाइएको थियो।

ढुङ्गा मुढा गर्नेमध्येका चार जनालाई नियन्त्रणमा लिइएको छ। जुवातास खेल्ने र ढुङ्गामुढा गर्नेमध्येका नियन्त्रणमा लिइएकाहरुलाई छाडिएको इप्रका त्रिभुवन बस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए।

शीर्ष समाचार

धेरै पढिएको