September 7, 2024, Saturday
KN hd tv

गृहमन्त्री लामिछानेको नाम तोकेरै संसदीय छानबिन समिति बनाउने कार्यदलमा सहमति

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको माग अनुसार गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति भएको छ । छानबिन समितिको टीओआर बनाउनका लागि गठित कार्यदलमा आज ( मंगलबार) यो सहमति भएको हो ।

कार्यदल बैठक सुरु भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि शिशिर खनालले आफ्नो सभापति टीओआरमा नाम राख्न सहमत भएको जानकारी गराएका थिए । अहिले सहमतिको ड्राफ्ट गर्ने कार्य भइरहेको स्रोतले जनाएको छ । ५ जेठमा प्रमुख दलहरूबीच संसदीय समिति बनाउन सहमति जुटेको थियो । सोही दिन समिति गठनका लागि कार्यादेश तय गर्न प्रमुख दलहरूले ४ सदस्यीय कार्यदल बनाएका थिए ।

कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमाहामन्त्री जीवन परियार र रास्वपाका शिशिर खनाल सदस्य छन् । कार्यदलले कार्यादेशमा सहमति जुटाएपछि समिति गठन गर्ने तयारी छ । ६ जेठमा कार्यादेश टुंगो लगाउन समितिका सदस्य र प्रमुख दलका नेताहरू सक्रिय भएका थिए । ७ जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने भएका कारण समितिको बैठक बस्न सकेको थिएन ।

शीर्ष समाचार

धेरै पढिएको