July 26, 2024, Friday
KN hd tv

बैठकको जिम्मा प्रचण्डलाई दिएर बाहिरिए ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा जारी स्थायी कमिटीको बैठकबाट बाहिरिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सञ्चालनको कार्यभार दिएर ओली बाहिरएका हुन्।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक यसअघि पटक पटक स्थगित हुँदै आएको थियो। महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनलाई आधार बनाएर ओली-दाहालले तयार पारेको सहमतिको प्रस्तावमा बैठक केन्द्रित भइरहेको छ। कोरोनाको जोखिम रहेकाले बैठक कक्षबाट ओली बाहिरिएको बालुवाटार स्रोतले जनायो।

अध्यक्षद्वयले तयार पारेको साझा प्रस्ताव स्थायी कमिटी सदस्यहरुलाई पहिले नै बाँडिसकिएको छ। त्यही प्रस्ताव अध्ययन गरी सबै स्थायी कमिटी सदस्यले आफ्नो सुझाव लिखित रुपमा अध्यक्षद्वयलाई हिजै बुझाइसकेका छन्। दुई अध्यक्षको यो प्रस्तावलाई पारित गरेर बैठक आजै सक्ने तयारी छ।

शीर्ष समाचार

धेरै पढिएको