April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
KN hd tv

आगामी तीन दिन भारी वर्षासहित चट्याङको सम्भावना

काठमाडाैं – अबको तीन दिन देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेकाे छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन जारी गर्दै न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित भएकाले आज (शुक्रबार)देखि आइतबारसम्म देशभर मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना रहेकाे जनाएकाे छ ।

भाद्र २६, काठमाडाैं । आज (शुक्रबार)  देशको अधिकांश भू-भागमा सामान्य बदली रहने महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज आज प्रदेश १,  प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्यासहित पानी पर्ने सम्भावना रहेकाे छ । आज बिहानैदेखि काठमाडौं उपत्यकाको साथै गण्डकी प्रदेशका एक/दुई स्थानमा अहिले भारी वर्षा भइरहेको छ ।

आज प्रदेश १,  प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेकाे छ- ‘प्रदेश १ , प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

भाेलि (शनिबार) र पर्सी आइतबार पनि प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको