प्यालेष्टाइनलाई छुट्टै देशको मान्यता दिन स्पेन तयार
काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले इजरायलले गाजामाथि गरिरहेको आक्रमणको चर्को आलोचना गरेका छन् ।
कंग्रेसलाई सम्बोधन गर्दै प्रधानमन्त्री साञ्चेजले आफूहरू प्यालेष्टाइनलाई छुट्टै देशको मान्यता दिन तयार रहेको बताए । यो कदम मध्यपूर्वको तनाव कम गर्नका लागि सहयोगी हुने उनको दाबी छ ।
‘यो युरोपको भौगोलिक हितका लागि पनि उपयुक्त छ’, उनको भनाइ उद्धृत गर्द बीबीसीले जनाएको छ । उनले प्यालेष्टाइनलाई छुट्टै देशको समर्थन दिने सन्दर्भमा युरोपियन युनियनका नेतासँग पहल गर्ने बताए । साञ्चेज शुरुदेखि नै हमासविरुद्ध इजरायलले गाजामा जारी राखेको कारबाहीको आलोचक थिए । अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोंगले पनि प्यालेष्टाइनलाई छुट्टै देशको मान्यता दिनु नै शान्तिको दिशामा उपयुक्त कदम हुने बताए ।
प्रतिकृया दिनुहोस्