July 27, 2024, Saturday
KN hd tv

कर्णालीका मुख्यमन्त्रीले बोलाए माओवादी केन्द्रको संसदीय दल बैठक

सुर्खेत । राजीनामा दिने कि प्रदेश सभामा विश्वासको मत अगाडि बढाउने निर्णय लिन कर्णालीका मुख्यमन्त्री एवं माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले बैठक बोलाएका छन् ।

हिजो सरेको विश्वासको मत आज लिनु पर्नेछ । मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि सत्ता हस्तान्तरण गर्ने अडान छोडेका छैनन् तर, एमालेले भने मानेको छैन । मुख्यमन्त्री शर्माका अनुसार संवैधानिक प्रक्रिया रोक्न नमिल्ने भएकाले संसदीय दलको बैठकले बोलाएको हो । प्रदेशसभाको बैठक ३ बजेका लागि बोलाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको