April 28, 2024, Sunday
२०८१ बैशाख १६, आईतवार
KN hd tv

रेखा नेपाल फर्किदै, नयाँ फिल्म बनाउने तयारी

काठमाडौं– सर्वाधिक हिट चलचित्र उपहार बनाएकी नायिका रेखा थापाले अर्को चलचित्र बनाउने तयारी गरेकी छिन । उनले नयाँ फिल्मको नाम सोचिरहेको बताइन्  । 

नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउँदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफूबाट कदापि नहुने उल्लेख गरिन् । मेरो अझै दर्बिलो उपस्थिति हुनेछ, सबैको माया र हौसला बटुल्ने हिम्मत छ, रेखाले भनिन्  । 

रेखा थापा वैशाखको १८ गते नेपाल फर्किँदैछिन् ।  उनी, नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने बुझिएको छ । 

फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाइन् । यसैले, यी सबै कुरालाई ध्यानमा राखेर उनी नयाँ फिल्म बनाउने तयारीमा लागेकी छिन् । फिल्म ‘उपहार’ नेपालपछि अमेरिकामा पनि रिलिज भइरहेको छ । अमेरिकामा दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएपछि उनी उत्साहित छिन् । 

फिल्मले इनिसियल रुपमा राम्रो व्यापार गरेपछि रेखा दंग छिन् ।

शीर्ष समाचार

धेरै पढिएको