July 27, 2024, Saturday
KN hd tv

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिँदै

काठमाडौँ– कास्कीको पोखरालाई आज देशकै पर्यटनको राजधानी घोषणा गरिने भएको छ ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रुपमा पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न लागेका हुन् ।

फेवातालको किनारस्थित बाराहीघाटमा आयोजना हुने विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने छन् ।

घोषणा कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गर्नुका साथै कलाकारले विशेष प्रस्तुति दिने छन् ।

पर्यटनको राजधानी घोषणा भएसँगै पोखरा २४सै घण्टा खुला रहनेछ ।

शीर्ष समाचार

धेरै पढिएको