November 21, 2024, Thursday
KN hd tv

हिंड्दा हिंड्दै गल्यो भने सरकारलाई काँध फेर्ने छुट छैन : एमाले

काठमाडौं – सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले सरकारलाई काँध फेर्ने छुट नभएको बताएको छ । आज (बिहीबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले सकारले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।

‘एमालेसहितको सरकार बनेको छ । आसन परिवर्तन भएको छ । भूमिका फेरिएको छ । देशप्रतिको जवाफदेहिता फेरिएको छैन,’ उनले भने, ‘यो सरकारले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ । लोसो हुने छुट छैन । असफल हुने छुट छैन । हिँड्दाहिँड्दै काँध फेर्ने छुट छैन ।’

शीर्ष समाचार

धेरै पढिएको