पहिरोले पुरेर कास्कीमा एक जनाको मृत्यु
- Khabar Nirantar
- २०७७ भाद्र २३
पर्वत – कास्कीको रुपा गाउँपालिका–६ मा पहिरोमा पुरिएर एक युवतीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार मंगलबार बिहान करिब साढे ४ बजे आएको पहिरोमा परी २० वर्षीया सिर्जना विकको मृत्यु भएको हो। पहिरोले स्थानीय काजी विकको घरमाथि रहेको ढिस्को झरेर पुरेको हो।
घरमा काजीसहित उनका भाइ सन्दीप र सिर्जना सुतेका थिए। पहिरो आएको थाहा पाएपछि काजी र सन्दीप बाहिर निस्कन सफल भए पनि सिर्जना भने भित्रै परिन्।
उद्धारको लागि भीरकोटबाट गएको प्रहरी टोलीले बिहान ६ बजे उनको शव निकाले थियो।
शीर्ष समाचार
- राजस्व सङ्कलन लक्ष्यभन्दा ३१ करोड रुपैयाँ कम
- लाेसपाका शरत सिंह भण्डारी नयाँ श्रममन्त्री
- नवनियुक्त मन्त्रीले लिए शपथ
- राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री, दिउँसो ३ बजे मन्त्रीहरुको शपथको तयारी
- पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल
धेरै पढिएको
-
कांग्रेसबाट मन्त्री हुनेहरुको संभावित नाम सार्वजनिक
२०७९ चैत्र १६ -
वसन्त कुँवरलाई आइजीपी बनाउने सरकारको निर्णय
२०७९ चैत्र १० -
मन्त्रालय भागबण्डा आज टुंगिने
२०७९ चैत्र १२ -
क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
२०७९ चैत्र ९
प्रतिकृया दिनुहोस्