April 29, 2024, Monday
२०८१ बैशाख १७, सोमबार
KN hd tv

नेदरल्याण्डस नामिबियासँग २४ रनले पराजित

काठमाडौँ । नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेल अन्तर्गत नामिबियाले नेदरल्याण्डसलाई २४ रनले पराजित गरेको हो ।

नामिबियाले दिएको २०४ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४३.५ ओभरमा अल आउट हुदै १७९ रन मात्र बनाए पछि खेल २४ रनले हारेको हो । त्रिवि मैदानमा लिग–२ को यस सिरिजमा पहिला ब्याटिङ गरेर जित हासिल गर्ने नामिबिया पहिलो देश बनेको छ । यस अघिका यस लिगका सबै खेलमा पहिला ब्याटिङ गर्ने देशले हार बेहोरेका थिए ।

टस खेलमा यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा अल आउट हुँदै २०३ रन बनाएको थियो । यो नामिबियाको लिग–२ को यस सिरिजमा चौथो खेलमा तेस्रो जित हो । ४ खेलमा ३ जितसहित नामिबियाको ६ अंक भएको छ र लिग–२ को पहिलो सिरिज पनि जितेको छ ।

त्यसैगरी नेदरल्याण्डसको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ । अब यस सिरिजको अन्तिम खेलमा आइतबार नेदरल्याण्डसले नेपालको सामना गर्दैछ ।

शीर्ष समाचार

धेरै पढिएको