जंगली जडीबुटी खाँदा डोल्पामा ५ जना गम्भिर घाइते
- Khabar Nirantar
- २०७७ भाद्र २३
जाजरकोट – जंगलबाट ल्याएको जडीबुटी सेवन गर्दा डोल्पामा ५ जना श्रमिक गम्भीर बिरामी परेका छन्।
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका-१ नामुमामा रहेका जाजरकोट नलगाड नगरपालिका-५ का पाँच जना श्रमिक बिरामी परेका हुन्। जडीबुटी सेवन गर्दा बिरामी परेकाहरुमा नलगाड नगरपालिका-५ का १९ वर्षीय नरेन्द्र ओली, ३६ बर्षीय गोपाल ओली, १८ वर्षीय अजय ओली, ३३ वर्षीय शिवराज केसी र ३८ वर्षीय टेकबहादुर ओली रहेका छन्।
स्थानीय जंगलमा पाइने जडीबुटी खाँदा उनीहरू बिरामी भएका र स्थानीय स्वास्थ्यकर्मीले उपचार गर्न नसक्ने भनेर जवाफ दिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन्।
शीर्ष समाचार
- प्रचण्डद्दारा पोलिटब्युरो घोषणा, सदस्यमा राखे छोरी, बुहारी र भाइ
- सचेतक गुरुङ : एसपीपी र एमसीसी सम्बन्धमा अमेरिकालाई तीन पत्राचार गर्नुपर्छ
- नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक राज्य व्यवस्था समितिबाट पारित
- सांसद संग्रैलाद्दारा किसानले मल पाउने-नपाउनेबारे सरकारले जानकारी दिन माग
- प्रचण्ड भन्छन् : अर्थमन्त्रीबाट शर्माको राजीनामाले त्याग र नैतिकताको सन्देश गएको छ
प्रतिकृया दिनुहोस्