July 27, 2024, Saturday
KN hd tv

यू-१९ विश्वकप : चर्चामा विश्व क्रिकेटका युवा स्टार

दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्स चरणमा खेल भइरहेका छन्। सुपर सिक्स भनिए पनि पहिलो चरणका खेल नै यस अवधिमा निर्णायक रहे। नेपालले सुपर सिक्सको पहिलो खेल खेल्नु अगावै सेमिफाइनल प्रवेशको सम्भावना समाप्ति भएको छ।

पहिलो चरणमा भारत, पाकिस्तान र अस्ट्रेलियाको जगजगी नै रहेको थियो। पहिलो चरण सकिँदा नै नि सन्देश यी देशका स्टारमा धेरैको चासो पनि रहेको छ। भारत र पाकिस्तान त पहिलो खेलमा प्राप्त गरेको जित सहित लगभग सेमिफाइनल प्रवेश गरेका हुन्।

सेमिफाइनलमा यी दुईको भिडन्त कोसँग हुने भन्ने निश्चित छैन। सुपर सिक्सको खेल जारी रहेकै समयमा विभिन्न क्रिकेट पण्डितले चयन गरेका हेर्न लायक खेलाडीको चर्चा यहाँ गरिएको हो।

चर्चामा भारतका कप्तान उदय शरण सबै भन्दा अगाडि आएका छन्। बलिङमा समेत प्रभावकारी उनले टोलीका हरेक खेलाडीले सही ढङ्गले उपयोग गर्ने गरेका छन्। 

यस चर्चामा भारतका कप्तान उदय शरण सबै भन्दा अगाडि आएका छन्। प्रतियोगिता सुरु हुनु भन्दा अघि नै उनी दक्षिण अफ्रिकामा थिए। प्रतियोगिताको अघिको त्रिदेशीय शृङ्खलामा उनले शतक प्रहार गरेका थिए। यत्ति मात्र होइन भारतको सुरुवाती दुई वार्म अप खेलमा अर्धशत्तक प्रहार गरेका थिए। प्रतियोगितामासमेत सुरुवाती दुई खेलमा उनले अर्धशत्तक नै प्रहार गरे। उनले केही शतकीय साझेदारी समेत गरेका छन्। बलिङमा समेत प्रभावकारी उनले टोलीका हरेक खेलाडीले सही ढङ्गले उपयोग गर्ने गरेका छन्। पावर प्लेमा सौमी पाण्डेलाई प्रयोग गर्दे उनले आफूलाई सही साबित गरिहेका छन्।

सहजेब खान यू-१९ विश्वकप क्रिकेटका अर्का हेर्न लायक खेलाडी हुन्। उनी पहिलो चरणमा सबै भन्दा धेरै रन प्रहार गर्ने ब्याट्सम्यान हुन्। पहिलो खेलमा अफगानिस्तानविरुद्ध शतक प्रहार गरेका उनले न्युजिल्यान्डसँगको खेलमा ८० बलमा ८६ रन प्रहार गरेका थिए। यी दुवै खेलमा उनी म्यान अफ द म्याच घोषित भएका थिए। स्क्वायर र अफसाइडमा उनी साँच्चै माथिल्लो कोटीको ब्याट्सम्यान देखिन्छन्।

पेसलाई बुझ्ने उनी उत्कृष्ट एक दिवसीय ब्याट्सम्यानको झझल्को आउने किसिमले नै ब्याटिङ गर्छन्। उनले कमै उमेरमा हरेक किसिमको पिचमा आफूलाई उत्कृष्ट साबित गरिसकेका छन्।

भारतका कप्तान उदय शरण र आदर्श सिंह

दक्षिण अफ्रिकाका स्टिम स्टोल्क प्रतियोगिताका अर्का हेर्न लायक ब्याट्सम्यान हुन्। सेतो बलमा उनको आकर्षण अझ बढी छ। १७ वर्षीय उनको शक्ति परिपक्व खेलाडीको झैँ नै छ। उनले दुई अर्ध शतक प्रारम्भिक चरणमा नै प्रहार गरिसकेका छन्। उनले स्कटल्यान्डसँगको खेलमा १३ बलमा अर्धशत्तक प्रहार गर्दै कीर्तिमान कायम गरेका छन्।

यसअघि सन् २०१६ को विश्वकपमा ऋषभ पन्तले १८ बलमा अर्धशत्तक प्रहार गर्दै कीर्तिमान राखेका थिए। उनकै कारण दक्षिण अफ्रिकाले केही खेलमा एकदमै छोटो समयमा नै जित हात पार्ने गरेको छ। उनी सबै भन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी पनि हुन्।

अस्ट्रेलियाका बलर कालुम भाइडर अर्का आकर्षक बलर हुन्। दक्षिण अफ्रिकी पिच त्यत्तिकै पेस बलरका लागि उपयोगी छ । त्यस पिचको उपयोग गर्ने क्रममा उनले केही शानदार बलिङको नमूना प्रस्तुत गरेका छन्।

दक्षिण अफ्रिकाका ब्याटम्यान स्टिम स्टोल्क

नामीबीयासँगको खेलमा त उनका हरेक खेल विकेट झर्ने किसिमका देखिन्थे। एकदमै स्वीङ हुने मात्र होइन सही लाइनमा उनको बलिङका कारण ब्याट्सम्यान आजित नै हुने गरेका थिए। नामिबियासँगको खेलमा चार विकेट लिएका उनले श्रीलंकासँगको खेलमा बाउन्सरबाट विपक्षीलाई हैरान पारेर तीन विकेट लिएका थिए ।

न्युजिल्यान्डका बायाँ हाते स्पिनर विश्व लहिरु पहिलो चरणमा सबै टोलीका लागि घातक साबित भएका थिए। हरेक खेलमा कम्तीमा दुई विकेट लिएपछि उनीप्रति सबैको ध्यान मोडिएको हो। राम्रो पेसमा बलिङ गर्ने उनको बलमा टर्न त झन् धेरै नै हुन्छ। उनले पावर प्लेमा नै विकेट लिने गरेका छन्।

दक्षिण अफ्रिकी पिचमा रमाइ रहेका अर्का सिमर म्याट रोय हुन्। न्युजील्यान्डका यी स्टारले अफगानिस्तानसँगको खेलमा २१ रन खर्चेर ५ विकेट लिएका थिए। ट्रेन्ट बोल्ट र टिम साउदीपछि यो कुनै पनि तहमा तेस्रो उत्कृष्ट बलिङ हो। उनलाई अहिले नै न्युजिल्यान्ड राष्ट्रिय टोलीको सुरुवाती बलरको रूपमा समेत हेर्न थालिएको छ।

उनको बलिङ न्युजिल्यान्डको सुपर सिक्ससम्मको यात्राका लागि महत्त्वपूर्ण साबित भएको थियो। इङ्गल्यान्डका तजीम चौधरी अहिले यस प्रतियोगितामा छाएका अर्का स्पिनर हुन्।

पहिलो चरणमा केही हेर्न लायक प्रदर्शन भएका थिए। यी नै मध्ये नेपालसँगको खेलमा न्युजिल्यान्डका सनोइथ रेड्डीले १२५ बलमा १४७ रन प्रहार गरेका थिए। यो प्रतियोगिताको पहिलो चरणको एउटा आकर्षक ब्याटिङ थियो ।

नेपालका आकाश चन्दले अफगानिस्तानविरुद्ध गरेको बलिङ यो प्रतियोगिताको समूह चरणको अर्को आकर्षण थियो। सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालका सुवास भण्डारीले पाँच विकेट लिएर चर्चा कमाए।

प्रतियोगिताका एउटा आकर्षण भने दक्षिण अफ्रिकाका डेवान मारियस पनि रहे। उनले वेस्ट इन्डिजसँगको खेलमा ३८ बलमा ६५ रन प्रहार गरे। उनले इङ्गल्यान्डसँगको खेलमा ३९ बलमा ४२ रन प्रहार गरे तथापि सो खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो।

स्कटल्यान्डसँगको खेलमा उनले ५० बलमा ८० रन प्रहार गरे। सोही रनका कारण दक्षिण अफ्रिका समूहमा पहिलो स्थान सहित सुपर सिक्समा प्रवेश गरेको छ। उनको सानदार ब्याटिङकै कारण दक्षिण अफ्रिकामा नेट रन रेटमा समूहमा पहिलो स्थान पाउन सफल भयो दक्षिण अफ्रिकाले सुपर सिक्समा अस्ट्रेलियासँग पनि खेल्ने छैन।

दक्षिण अफ्रिकाका केवान मापाखा यस प्रतियोगितामा सनसनीपूर्ण रहे। उनले सुपर सिक्समा समेत सानदार प्रदर्शन गरे। उनले ३४ रन खर्चेर पाँच विकेट लिएपछि दक्षिण अफ्रिकाका लागि सेमिफाइनल प्रवेशको लागि अब श्रीलङ्कासँग जित हात पार्नु अनिवार्य भएको छ। सो खेलमा जित हात पारे बाँकी समीकरण रोमाञ्चक हुनसक्ने छ।

अस्ट्रेलियासँग पराजित भएसँगै इङ्गल्यान्ड पनि बाहिरिएको छ। अब वेस्ट इण्डिज र अस्ट्रेलिया तथा श्रीलङ्का र दक्षिण अफ्रिकाको खेल मात्र अर्थ पूर्ण रहनसक्छ।

सिनीयर विश्वकप दक्षिण अफ्रिकाका लागि त्यत्ति उपयुक्त हुन सकेको छैन। यू-१९ विश्वकप भने दक्षिण अफ्रिकाले एक पटक जितेको छ। सन् २०१४ मा संयुक्त अरब इमिरेट्समा फाइनलमा पाकिस्तानलाई हराउदे उपाधि जितेको दक्षिण अफ्रिकाका लागि यस पटक अर्को अवसर छ। तर त्यसका लागि धेरै बाधा अझै छन्। पहिले बाधा श्रीलङ्का हो। समूहमा सायद अस्ट्रेलिया पहिलो हुनेछ। अर्को समूहमा दुई दक्षिण एसियाली टोलीसँग आयोजक टोलीको भेट हुनेछ। तथापि स्टोल्क, मापाखा र मारियसको खेल साँच्चै उत्कृष्ट छ। यी तीनबाट धेरै कुराको आशा भने गर्न सकिने छ। 

शीर्ष समाचार

धेरै पढिएको