September 7, 2024, Saturday
KN hd tv

सरकारले एकसाथ राख्यो २२ निर्माण कम्पनीलाई कालोसूचीमा

काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै पटक २२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी २२ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

चार वटा कम्पानीलाई तीन वर्ष, एउटालाई साढे दुई वर्ष, चारवटालाई दुई वर्ष, पाँच वटालाई डेढ वर्ष र बाँकी आठ वटा कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएको अवधिभर उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
हेर्नुस् सूची

13 1706489211 scaled 1

शीर्ष समाचार

धेरै पढिएको