October 22, 2024, Tuesday
KN hd tv

सुदूरपश्चिमलाई हराएपछि बागमतीको फाइनल खेल्ने संभावना कायम

काठमाडौं – सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराउँदै बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल पुग्ने संभावना कायम राखेको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा जितका लागि २४८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ३०.३ ओभरमा १५० रनमा अल आउट भयो ।

सुदूरका नरेन भट्ट र किरण ठगुन्नाले समान ४१ रन बनाए पनि टिमको फराकिलो हार टार्न सकेनन् ।

बागमतीका सूर्य तामाङ र विपिन आचार्यले समान ३ विकेट लिए ।

शीर्ष समाचार

धेरै पढिएको