October 23, 2024, Wednesday
KN hd tv

कोरोना कहर: बाबुको मृत्यु भएको एक महिना नपुग्दै फेरी दुई छोरीको मृत्यु

मोरङ-  मोरङको विराटनगरमा एक बृद्धको मृत्यु भएको एक महिना नबित्दै २ छोरीको पनि मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–११ का ७० वर्षीय वृद्धको साउन २३ गते घरमै निधन भयो ।

कालगतिले निधन भएका उनको पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको एक महिना नपुग्दै उनका दुई छोरीको पनि मृत्यु भएको छ ।

वृद्धको मृत्यु भएको २० दिनपछि भदौ ९ गते राति ४० वर्षीया छोरीको पनि मृत्यु भएको थियो । कान्छी छोरी बितेको १० दिनपछि वृद्धकी ४३ वर्षीया जेठी छोरीको पनि शुक्रबारसाँझ मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएका ४० र ४३ वर्षीया दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

बाबुको मृत्यु संस्कारको काममा बसेकी ४० वर्षीया छोरीमा कामकै बीचमा ज्वरो आउने, छात्ती दुख्ने लगायत समस्या देखिएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा लगिएको उनको उपचारका क्रममा भदौ ९ गते मृत्यु भएको हो ।

विराटनगर–१५ मिल्स एरिया घर भए पनि उनी विराटनगर–११ स्थित माइतीमै बस्दै आएकी थिइन् । उनको मृत्यु भएको केही बेरपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

विराट शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. पुरु कोइरालाले मृतकमा कोरोनासँगै ज्वरो र निमोनियाको पुरानो समस्या रहेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको