November 21, 2024, Thursday
KN hd tv

निलकण्ठ नगरपालीकाद्धारा जापानका तादाशीहारा सम्मानीत

धादिङ – धादिङ जापानको कोच्ची विश्व विद्यालयका प्राध्यापक डाक्टर तादाशीहारा धादिङमा सम्मानीत भएका छन् ।
धादिङको नीलकण्ठ नगरपालिका र जापानको युसुहरा नगरपालिका बीच भगिनी सम्बन्धलाई जोड्न तादाशीहाराले महत्वपूर्ण योगदान पुर्याएको भन्दै निलकण्ठ नगरपालीकाले उनलाई सम्मान गरेको हो ।


हाराको नेतृत्वमा जाइका जापानको सहयोगमा प्रकोप रोकथामको लागि उपयुक्त प्रबिधि तथा उपायहरु परियोजना मार्फत प्रकोप ब्यबस्थापनका भिभिन्न परियोजनाहरु धादिंग, गोर्खा लगायत नेपालका विभिन्न जिल्लाहरुमा सन्चालन भई रहेको छ । यही वेला दुई नगरपालीका विच भगिनि सम्बन्ध स्थापीत गर्न हाराले खेलेको भुमिकाको उच्च कदर गर्दै उनलाई सम्मान गरीएको नीलकण्ठ नगरपालीकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले बताउनु भयो ।

हाराको यो योगदानले नगरपालीका लाई आधुनीक विकासमा फड्को मार्न मदत गर्ने उप प्रमुख दिपक विश्वकर्माले बताउनु भयो । विकसित मुलुकको नगरपालीका सँग भगिनी संवन्ध स्थापीत गर्न सहजीकरण गर्ने  प्रा डा तादाशीहारा नगरपालीकाको पथ प्रदर्शक रहेको भन्दै यो अभिभावकत्व सधैंपाईने अपेक्षा समेत रहेको विश्वकर्माले बताउनु भयो ।

नेपाल आएका हारालाई नगरपालीकाले पुष १० गते एक समारोहको विच सम्मान गरेको हो । नगरपालीकाले गरेको सम्मान पछि प्रोफेसर हाराले बिपत ब्यबस्थापन सम्बंदी नेपालको लागि उपयुक्त प्रबिधि हस्तान्तरण गर्न पाउँदा अत्यन्त खुशीलागेको बताए उनले आगामी दिनमा यो सम्वन्ध थप मजबुद हुने उनको तर्क छ ।

यसै अवसरमा नेपालमा प्रकोप प्रबिधि सम्बन्धि अन्य बिभिन्न परियोजना संचालन गर्ने चरणमा रहेको कोच्ची बिश्वोबिधालयका प्रकोप प्रबिधि सम्बन्धि अनुसन्धानकर्ता तथा अन्तराष्ट्रिय परियोजना हेर्ने नेपाली सुरेश लौडारीले जानकारी दिनुभयो।
जापानको युसुहरा नगरपालिका र नीलकण्ठ नगरपालिकाले दुईसहर बीच विकास विज्ञता आदानप्रदानका लागि भगिनी सम्बन्ध स्थापीत गर्न यस अघि नै समझदारी गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको