November 21, 2024, Thursday
KN hd tv

मन्त्रिपरिषद्को बैठक जारी, आजदेखि नयाँ हलमा (तस्वीरहरु)

काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा बस्न थालेको छ । आज (बुधबार) को नियमित बैठक त्यही हलमा बसेको हो ।

भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनको बस्न थालेको हो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नै सोही भवनबाट सञ्चालित छ ।

ओलीको पालामा निर्मित अत्याधुनिक कार्यालयको उद्घाटन प्रचण्डले गरेका थिए । अहिले प्रधानमन्त्री कार्यालय त्यहिँबाट सञ्चालन भइरहेको छ । यो कार्यालयका बाहिरी र भित्री कक्षहरू ‘थ्रिडी एनिमेसन’ सहित निर्माण गरिएको छ ।

युरोपेली शैलीमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आवश्यक सामग्री बेलायतबाट झिकाएर आफ्नो निजी निवासका रूपमा सिंहदरबार बनाएका थिए । भूकम्पपछि यो भवन भत्काउने या मर्मत गर्ने विषयमा विवाद भएकाले पुनर्निर्माण कार्य रोकिएको थियो । तर, पुरातात्विक महत्व कायम हुनेगरी सिंहदरबारको प्रबलीकरणका लागि तत्कालीन प्रम ओलीले निर्देशन दिएका थिए ।


शीर्ष समाचार

धेरै पढिएको