November 21, 2024, Thursday
KN hd tv

क्यानडा नेपाल संस्कृति र किवानिज कल्वको सहकार्यमा स्वास्थ्य अभिमुखीकरण प्रशिक्षण सम्पन्न

काठमाडौँ – क्यानडा नेपाल संस्कृति तथा व्यापार केन्द्र नेपालको सहयोगमा र किवानिज कल्व अफ क्रिरेटिभ युथको सहकार्यमा यौन स्वास्थ्य तथा शिक्षा सचेतिकरण अभिमुखीकरण १ दिने प्रशिक्षण कार्यक्रम विहीबार घोराहीमा सम्पन्न भयो । कार्यक्रमको उद्देश्य किसोर अवस्थाको स्वास्थ्य र महिनावारी सम्बन्धी शिक्षा प्रदान गर्ने थियो ।

कार्यक्रमको उद्देश्य यौन स्वास्थ्य र महिनावारी सम्बन्धी कु–संस्कारको अन्त्य गरी सामाजिक जनचेतना जगाउनु रहेको थियो ।
कार्यक्रममा कालिकोट, कञ्चनपुर, तनँहु र दाङ गरेर ४ वटा जिल्लाबाट १७ जना प्रशिक्षार्थीले तालिम लिएका थिए ।

तालीमको उद्देश्य सामुदायिक विद्यालयमा गएर किसोर अवस्थाको स्वास्थ्य अवस्था र महिनावरी सम्बन्धि सचेतना कार्यक्रम गर्ने रहेको छ ।
कार्यक्रम किवानिज कल्व अफ तुल्सीपुरको, मोतीराम वलीको अध्यक्षता र तुलसिपुर उपमहानगरपालीकाका प्रमुख टिकाराम खाइकाको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा यौन स्वास्थ्य र शिक्षा सँग सम्बन्धी विज्ञवाट सम्बन्धीत विषयमा सचेतनामुलक प्रशिक्षण दिनुभएको थियो ।
अथितिको आसनवाट प्रा.डा. ऋतु प्रसाद गतौला, पूर्व माननिय निर्मला डाँगी, रिपोटर्स क्लब लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्री, स्त्री रोग विशेषज्ञ डा. कविता अधिकारी, जनरल फिजिशियन परियोजना प्रबन्धक डा सुरेन्द्र विक्रम बस्नेत, स्वास्थ्य शाखा प्रमुख विमला पौडेयल, तुलसीपुर उपमहानगरपालिकाका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेल, जन श्रम मा.वि खादेको शिक्षिका टिका सापकोटा लगायतले प्रशिक्षणमुलक मन्तव्य राख्नुभएको थियो ।

साथै क्यानडामा रहेर नेपालको पर्यटन स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आउनु भएको नेपाल क्यानडा पर्यटन दुतको रुपमा विगत लामो समय देखि काम गरिरहनु भएको नरबहादुर टण्डनको सचेतनामुलक अडियो रेकर्ड पनि सुनाईएको थियो ।

कार्यक्रमको विषय प्रवेश संझना शर्माले गर्नुभएको थियो भने संचालन तथा उद्घाटन किवानिज क्लव अफ क्रिरेटिभ युथ तुल्सीपुरका अध्यक्ष शंकर भट्टराईले गर्नुभएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको