April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
KN hd tv

यी खानेकुराले हुन्छ शरीरमा रोग प्रतिरोध क्षमता बलियो

कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुमा यस्ता रोगको संक्रमण छिटै हुने गर्दछ । हाम्रा सानासाना लापरबाहि वा गल्तीहरुले हामीलाई रोगको संक्रमणको जोखिम उच्च बनाएको हुन्छ ।

त्यसैले, रोगको संक्रमण नहोस् भन्न हाम्रा शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउनु आवश्यक हुन्छ । यसका लागी हाम्रो खाना कस्तो छ भन्ने महत्वपुर्ण हुन्छ । अर्थात हामीले खाएको खानाले शरीरको प्रतिरक्षा प्रणाली बलियो पार्ने गर्दछ ।

तसर्थ हामीले खानामा निम्न कुरा समावेश गरे शरीरमा रोग प्रतिरोध क्षमता बलियो हुने गर्दछ ।

१. फाइबारयुक्त अन्न

गहुँ, जौ, मकै लगायतका अन्न स्वास्थ्यका लागि उपयोगी मानिन्छ । यि अन्नमा फाइबरको मात्रा पाइने भएकाले यसले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ । जसका कारण रोगको संक्रमणबाट बच्न सकिन्छ । यस अलावा फाइबरयुक्त खानाले कब्जियत हुँदैन ।

२. पानी
पानी तिर्खा मेटाउन मात्र होइन शरीर सञ्चालनका लागी समेत आवश्यक पर्दछ । पर्याप्त पानीको सेवनले शरीरबाट विकार निकाल्न मद्दत गर्दछ । साथै शरीरमा प्रतिरक्षा प्रणाली बढाउन समेत पानी महत्वपुर्ण हुन्छ । तर सकेसम्म चिसो पानी पिउनु हुदैन ।

३. तुलसी
धार्मिक महत्व बोकेको तुलसीमा विभिन्न औषधीय गुण रहेको हुन्छ । यो एक प्रकारको एन्टीबायोटिक पनि हो । यसको सेवनले शरीरको प्रतिरोधी क्षमता मजबुत बनाउने गर्दछ ।

शीर्ष समाचार

धेरै पढिएको