November 21, 2024, Thursday
KN hd tv

कोशी प्रदेशमा फेरि पनि आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कांग्रेसकाे निर्णय

काठमाडौँ – नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने भएको छ । मंगलबार बिहान धुम्बाराहीमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।

यसअघि कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा दुई पटक गठबन्धनको सरकार बनेको थियो । पहिलो पटक सरकार गठनमा सभामुखको हस्ताक्षर प्रयोग गरेपछि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो ।

दोस्रो पटक विश्वासको मत लिँदा प्रदेश सभाध्यक्षले दिएको विश्वासको मत सर्वोच्चले असंवैधानिक भनेको थियो । त्यसपछि संविधानको उपधारा ३ अनुसार एमालेका हिक्मत कार्कीले असोज २० मा राजीनामा दिएपछि कोशीमा नयाँ सरकारको खोजी भइरहेको छ ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ सांसद छन् ।

शीर्ष समाचार

धेरै पढिएको