October 23, 2024, Wednesday
KN hd tv

उपत्यकामा आज थप ४२९ जनामा कोरोना पुष्टि

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी जम्मा ४२९ जना संक्रमित थपिएका छन् ।

यसअघि शनिबार (हिजो) काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १९ जना गरी जम्मा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा आइतबार थप १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।

आज थपिएका मध्ये ३४८ महिला र ८७३ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको