चीन-नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री
बेइजिङ – चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन-नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् ।
हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा राखेका हुन् ।
प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग बनेको बताए ।
चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद् रहेको प्रधानमन्त्री छ्याङले बताए। उनले प्रधानमन्त्री दाहालले चीन-नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पु¥याएको उल्लेख गरे ।
प्रधानमन्त्री छ्याङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखेका थिए । हाल बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्स कंग्रेसमा द्विपक्षीय भेटवार्ता जारी छ ।
प्रतिकृया दिनुहोस्