March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार
KN hd tv

अमेरिकाको लुइजियामा समुद्री तुफानमा चारको मृत्यु

एजेन्सी- अमेरिकाको लुइजियाना राज्यमा समुद्री तुफान लोराका कारण तीव्र गतिको हावा चल्दा ढलेका रुखहरुमा च्यापिएर कम्तीमा चारजनाको ज्यान गएको छ।

लोरा तुफानका कारण प्रतिघण्टा २४० किलोमिटरको गतिमा चलेको हावाका कारण धेरै क्षति भएको बीबीसीले उल्लेख गरेको छ ।

पाँच लाख भन्दा बढी घरमा बिजुलीको आपूर्ति बन्द भएको छ। औद्योगिक क्षेत्रमा रसायनिक पदार्थका कारण आगलागी भएको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन्।

हाल लोरा तुफानलाई ट्रपिकल स्ट्रोम ग्याटगोरीमा झारिएको छ। सो तुफान अर्कान्सास राज्य तर्फ गएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अवस्थाबारे संघीय आपतकालीन व्यवस्थापन एजेन्सी (फिमा) ले ब्रिफिङ्ग गरेको छ। उनले सप्ताहन्तमा प्रभावित क्षेत्रमा जाने बताएका छन्।

लोरा तथा मार्को नाम गरेको तुफान क्यारबियन क्षेत्र भएर अमेरिका प्रवेश गरेको हो। क्यारबियन क्षेत्रमा ती तुफानका कारण २४ जनाको ज्यान गएको थियो।

शीर्ष समाचार

धेरै पढिएको