March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार
KN hd tv

दश दिनमा नेपालमा ७ हजार २७२ कोरोना संक्रमित थपिए

काठमाडौं- नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या थपिने क्रम बढ्दो छ। संक्रमितको संख्या थपिएसँगै मृत्यु हुनेको संख्या पनि बढ्दो छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १० दिनमा नेपालमा ६९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। १० दिनको यो अवधिमा नेपालभर ७ हजार २७२ संक्रमित थपिएका छन्।

यो दश दिनको अवधिमा सबैभन्दा धेरै संक्रमितको मृत्यु भदौ ५ र १० गते भएको छ। यी दुवै दिन ११/११ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाउँछ। यस्तै संक्रमित थपिनेको संख्या भने बिहीबार सबैभन्दा धेरै भएको छ। हिजो बिहीबार १ हजार १ सय ११ जना संक्रमित थपिएका हुन्। त्यस्तै भदौ २ गते १ हजार १ 

बिहीबार साँझसम्म नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ। यस्तै मृत्यु हुनेको संख्या १८३ पुगेको छ। जबकी १० दिन अघि भदौ २ गते संक्रमितको संख्या २८ हजार २५७ थियो भने मृतकको संख्या ११४ थियो।

यो दश दिनको अवधिमा २ हजार ४ सय ९३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। १० दिन अघि कुल संक्रमितमध्ये निको हुनेको संख्या १७ हजार ५८० थियो। बिहीबार साँझसम्म निको हुनेको संख्या २० हजार ७३ पुगेको छ।

शीर्ष समाचार

धेरै पढिएको