October 23, 2024, Wednesday
KN hd tv

निषेधाज्ञाको पहिलो हप्ता उपत्यकामा ६ हजार ३ सय १७ गाडी होल्डमा

काठमाण्डौ – सरकारले जारी गरेको निषेधाज्ञाको पहिलो हप्ता काठमाण्डौ उपत्यकामा ६ हजार ३ सय १७ गाडी होल्डमा परेका छन् ।

होल्डमा परेका गाडीहरुलाई बेलुकी ८ बजेतिर छाड्ने गरिएको र जबरजस्ती गर्नेलाई ३ दिनसम्म पनि होल्ड गर्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले बताउनुभयो । 

उहाँका अनुसार कारबाहीमा पर्ने गाडीमध्ये ८० प्रतिशत दुईपाङ्ग्रे अर्थात मोटरसाइकल रहेका छन् । यस्तै निषेधाज्ञाको यो समयमा जाँडरक्सी खाएर गाडी चलाउनेहरु पनि कारबाहीमा परेका छन् ।

जाँडरक्सी खाएर गाडी चलाउनेहरुलाई नियमअनुसार कारबाही गरिएको महाशाखाले जनाएको छ । निषेधाज्ञा थप भएसँगै ट्राफिक प्रहरीले थप कडाइ गरेको छ । 

अत्यावश्यक सेवाकाबाहेक अरु गाडी नचलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको