July 27, 2024, Saturday
KN hd tv

सन्दीपको उत्कृष्ट प्रदर्शन, जमैकाको तेस्रो हार

एजेन्सी –सन्दीप लामिछाको सनसनीपूर्ण प्रदर्शन गरेपनि जमैका तलाबाजले क्यारेबिन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा तेस्रो हार बेहोरेको छ ।

ट्रिनिडाड एण्ड टोबेगामा बिहीबार सम्पन्न खेलमा जमैका ब्याटिङमा चुक्दा पाँचौ खेलमा बर्बाडोस ट्राइडेन्ससंग ३६ रनले पराजित बनेको हो ।

सुरुवाती ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १ सय ४८ रन बनाएको थियो । केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन जोडेपछि बर्बाडोसले मध्यम योगफल तयार पारेको थियो । मिसेल सेन्टनरले २० रन बनाएपनि अन्यको प्रदर्शन उल्लेख्य रहन सकेन ।

जमैकाका मुजिद उर रेहमानले ३ तथा सन्दीपले २ विकेट लिए । फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक-एक विकेट हात पारे ।

सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट हात पारेका थिए । सन्दीपले सीपीएलको उत्कृष्ट प्रदर्शन जारी छ । उनले हरेक खेलमा किफायती बलिङ गर्दै विकेट हात पारिरहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको