चितवनमा ५ महिनाको बालकमा कोरोना संक्रमण
- Khabar Nirantar
- २०७७ भाद्र ११
चितवन – चितवनमा ५ महिनाका बालकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार अबेर राति चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिकाका ५ महिने बालकमा पनि संक्रमण पुष्टि भएको हो ।
बुधबार नै गरिएको परीक्षणमा अरू ५१ जनामा पनि संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २६ जना र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जनामा संक्रमण पुष्टि भएको हो।
शीर्ष समाचार
- भाइरल ज्वरोले दुईको मृत्यु, गाउँका १६० बढी बिरामी
- एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा : महासचिव पोखरेल
- माल्दिभ्सलाई हराउँदै नेपाल साफ यु–१९ फुटबलको सेमिफाइनलमा
- बजारमा चिनी अभाव : कुलेश्वरमा ७० हजार किलो भण्डारण गरिएको गोदाममा शिल
- कोशीमा मन्त्रिपरिषद विस्तार : दुई मन्त्री र दुई राज्यमन्त्री थपिए
धेरै पढिएको
-
नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने
२०८० आश्विन ४ -
स्वास्थ्य मुखका लागि दाँतको हेरचाह र उपचार
२०८० आश्विन ३ -
चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन
२०८० आश्विन ७
प्रतिकृया दिनुहोस्