September 30, 2023, Saturday
२०८० आश्विन १३, शनिबार
KN hd tv

सोधेर कोबिड संक्रमित भर्ना गर्ने व्यवस्था खारेज गर

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले स्वास्थ्य मन्त्रालयलाई सोधेर मात्र कोबिड संक्रमतिको भर्ना गर्ने व्यवस्था खारेज गर्न माग गरेका छन् । महामन्त्री कोइरालाले आज विज्ञप्ती जारी गर्दै त्यस्तो व्यवस्था हटाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘सरकारको कोरोना संक्रमतिहरुको उपचारका लागि अस्पताल भर्ना गर्न समेत सम्बन्धीत मन्त्रालयको सिफारीस चाहिने कुरा हाास्यास्पद छ ।’ उनले भनेका छन् ‘यो निर्णय तुरुन्त सच्याउन समेत सरकारलाई हार्दीक आग्रह गर्दछु ।’
महामन्त्री कोइरालाले बानेश्वरमा स्वास्थ्यकर्मी माथि भएको अमानविय ब्याबहार प्रति पनि दुख व्यक्त गरेका छन् । दिन प्रतिदिन कोरना संक्रमति बढरिहेका बेला उपचारमा संलग्न चिकित्सक तथा नर्सलाई हौसला प्रदान गर्नुपर्ने बेला ठिक विपरीत ब्याबहार हुनु राम्रो नभएको उनको भनाइ छ । कोबिड विरुद्धको लडाईमा सबै एकताबद्ध हुनुपर्ने भन्दै महामन्त्री कोइरालाले नागरीक स्तरबाटै स्वास्थ्यकर्मीलाई सहयोग गर्न र आफुहरु पनि सचेत हुन अपिल गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको