भत्ता वितरण कानुन संवत रहेको नीलकण्ठ नगरपालिकाको स्पष्टोक्ति
नीलकण्ठ नगरपालिकाकाले नगरसभाका सदस्यहरुलाई दिएको भक्ता सम्बन्धी विषयमा सार्वजनिक भएका टिप्पणी प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले आइतबार एक विज्ञप्ती जारी गर्दै बागमती प्रदेश सरकारको स्थानीय सरकारको सभा सञ्चालन कार्यविधि सम्बन्धी ऐन २०७५ अनुसार नै गरिएको स्पष्ट पारेको हो । केही संचारमाध्यम र समाजिक संझालमा घटनालाई अतिरन्जनापूर्वक फैलाइएको भन्दै तत सम्बन्धमा कानुनी व्यवस्था बुझेर मात्र समाचार संप्रेशण गर्न भनिएको छ । ‘नीलकण्ठ नगरपालिकाको दोश्रो नगरसभाको मिति २०८० आषाढ ७ गते प्रारम्भ भएको तेश्रो अधिवेशनमा नगरसभा सदस्य एवं आमन्त्रीत सहभागिहरुको उपस्थिति एवम् एक दिनको अधिवेशनमा २ दिनको भत्ता वितरण गरिएको भनी विभिन्न सञ्चारमाध्यमहरुमा आएको समाचार प्रति हाम्रो विशेष ध्यानाकर्षण भएको छ ।’ निमिक्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद वाग्लेद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘नगर कार्यपालिकाको मिति २०८० जेठ २९ गतेको बैठकको निर्णयानुसार आषाढ ७ गतेबाट प्रारम्भ हुने तेश्रो नगर अधिवेशनमा उपस्थित सभा सदस्य एवम् सहभागिहरुलाई उपस्थित भएको दिन बराबरको बैठक भत्ता र यातायात एवम् आवास खर्च बापत थप एक दिनको भत्ता दिई अन्य कुनै खर्च नबेहोर्ने निर्णय भएको ब्यहोरा जानकारी गराइन्छ । बागमती प्रदेश सरकारको स्थानीय सरकारको सभा सञ्चालन कार्यविधि सम्बन्धी ऐन २०७५ अनुसार नगरसभामा आर्थिक एवम् विनियोजन विधेयकमा दफाबार छलफल गर्नु पर्ने र सो का लागि कति दिन लाग्छ, भन्ने एकिन नभएकाले नीलकण्ठ नगरसभाको तेश्रो अधिवेशन आषाढ ७ गते देखि प्रारम्भ गर्ने तथा अधिवेशन चलेको दिन बराबर सहभागिलाई बैठक भत्ता र यातायात एवम् आवास खर्च बापत थप एक दिनको बैठक भत्ता बराबरको रकम वागमती प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धी ऐन, २०७५ को दफा ३ (क) अनुसूची १ (ख) एवम् नेपाल सरकारको भ्रमण खर्च नियमावली २०६४ को नियम ७ (१) अनुसूची–२ वमोेजिम नियमानुसारकै भत्ता उपलब्ध गराइएको ब्यहोरा अवगत गराइन्छ ।’
नगरपालिकाकाले मुलुकमा देखिएको आर्थिक मन्दी प्रति आफुहरु सचेत रहेको भन्दै फजुल खर्च नियन्त्रण र मितब्यायीतको नीति अनूरुप नै होटलहरुमा गर्ने नगरसभालाई जिससको सभा हलमा गरिएको उल्लेख गरेको छ । ‘मुलुकमा विद्यमान आर्थिक मन्दी र नीलकण्ठ नगरपालिकाको बार्षिक बजेट सिमा घटेका बेला आगामी बर्ष नगर सञ्चीत कोषबाट कुनै पनि भ्रमण खर्च र भड्कीलो कार्यक्रम नगर्ने नीति अनुसार जि.स.स सभाहलमा नगरसभाको तेश्रो अधिवेशन राखिएको सन्दर्भमा वितरीत भत्ता नियमानुसारकै भएको र कानूनी प्रावधान अध्ययन गरेर मात्र समाचार प्रवाह गर्न सम्पूर्ण पत्रकार एवम् सञ्चारमाध्यमहरुमा आग्रह गर्दछौँ ।’ विज्ञप्तीमा भनिएको छ । नगरपालिकाले नगरका जनताप्रति नगरपालिका पुर्ण रुपमा उत्तरदायि भएको भन्दै गलत प्रचारको पछि नलाग्न पनि आम सर्वसाधारणसँग अनुरोध गरेको छ । ‘गलत प्रचारको भ्रममा नपर्न सम्पूर्ण नगरबासीहरुमा हार्दिक अपील गर्दै खर्चको मितब्ययीता र नागरिक गुनासो प्रति नीलकण्ठ नगरपालिका सचेत रहने प्रतिबद्धता ब्यक्त गर्दछौँ । ’ विज्ञप्तीमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्