October 23, 2024, Wednesday
KN hd tv

सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ

काठमाडौँ – शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिनुभयो ।

उहाँले निकै किफायती बलिङ गर्नुभयो । यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो । सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिनुभयो ।

उक्त ओभरमा सन्दीपले दुई रन मात्र खर्चिनुभयो . टस जितेर जमैकाले फिल्डिङ गर्ने निर्णय गरेपछि गुयानाले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो । एक सय २० रनको विजय लक्ष्य पछ्याउने क्रममा जमैकाले सात विकेटको नोक्सानीमा १०७ रन बनाउन सक्यो ।

गुयानाका लागि ब्रान्डन किङले सर्वाधिक २९, चन्द्रपल हेमराजले २१, रस टेलरले २१ तथा नविन उल हकले १४ रन बनाउनुभयो । बलिङतर्फ जमैकाका मुजिब उर रहमान र कार्लोस वार्थवेटले तीन÷तीन तथा आन्द्रे रसेलले एक विकेट लिनुभयो . विजय लक्ष्य पछ्याउने क्रममा जमैकाका लागि आन्द्रे रसेलले अविजित ५२, रोभमन पावेलले २३ र आशिफ अलीले १४ रन बनाए । सन्दीपले आजको खेलमा ब्याटिङ समेत गर्नुभयो ।

खेलको १६औँ ओभरमा जमैकाका लागि ब्याटिङ गर्न आउनुभएका सन्दीपले मात्र तीन बल खेल्न सक्नुभयो । उहाँले कुनै रन भने बनाउन सक्नुभएन ।

शीर्ष समाचार

धेरै पढिएको