पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु
- Khabar Nirantar
- २०७७ भाद्र ५
पाल्पा – पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा करेन्ट लागेर एक जनाको आज मुत्यु भएको छ ।
जिल्लाको जुठापौवा खुनधाराकी २७ वर्षीया दिलकुमारी रास्कोटीको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष चेतना गाहाले बताउनुभयो । उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । गएराति हावा हुरीका कारण विद्युत् सर्ट हुँदा थप एक जना घाइते भएको गाउँपालिका उपाध्यक्ष गाहाले बताउनुभयो । घाइते झमानसिंह पुनको मिसन अस्पतालमा उपचार भइरहेको छ ।
विद्युत् सर्ट हुँदा नेपाने र पटुवाचौर, खुनधाराका विद्युत् मिटरबक्समा समेत क्षति पुगेको छ ।
शीर्ष समाचार
- ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित
- गगन थापा : नेपालले पनि सांस्कृतिक नक्सा जारी गर्नुपर्छ
- स्कटल्यान्डविरूद्धको अभ्यास खेलमा नेपाल १३५ रनमै अलआउट
- महेश बाबुको फिल्ममा भिलेन बन्दै आमिर खान !
- नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाइ दक्षिण अफ्रिका प्रस्थान
प्रतिकृया दिनुहोस्