July 26, 2024, Friday
KN hd tv

नेपालमा आज थप ७०७ जनामा कोरोना पुष्टि

काठमाडौं- नेपालमा विहीबार थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।

नयाँ थपिएका संक्रमित मध्ये १९२ जना महिला र ५१५जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

११ हजार ५५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको