October 23, 2024, Wednesday
KN hd tv

एक वर्षको अवधि भित्र लिबियामा डुंगा दुर्घटनामा ३०० भन्दा बढीको मृत्यु

काठमाडौँ –  लिबियामा एक वर्षभित्र भएका डुंगा दुर्घटनामा ३०० भन्दा बढीको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगका अनुसार एक वर्षभित्र लिबियाबाट समुद्र पार गरेर युरोप प्रवेश गर्न खोज्ने ३०० भन्दा बढीको डुंगा दुर्घटनामा मृत्यु भएको हो ।

यही वर्ष पछिल्लो पटक लिबियामा डुंगा विस्फोटसमेत भएको नियोगले जनाएको छ । डुंगाको मेसिन विस्फोट हुँदा कम्तीमा ४५ जना आप्रबासी तथा शरणार्थीको मृत्यु भएको विवरणहरू ढिलो गरी सार्वजनिक भएका छन् ।

उक्क विस्फोटमा ज्यान गुमाउनेमा पाँच बालबालिका पनि रहेका छन् । यसरी मृत्यु हुनेमा अधिकांश ज्वारा तटीय क्षेत्रमा ८० जना सवार डुंगाको मेसिन बिस्फोट हुँदा भएको दुर्घटनामा परेका रहेको युएनएचसीआरले जनाएको छ ।

स्थानीय मछवारले उद्धार गरेका ३७ जनाले दिएको जानकारी अनुसार मृतकको संख्या थाहा भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको