July 27, 2024, Saturday
KN hd tv

पर्सामा सेना, स्वास्थ्याकर्मीसहित ११७ जनामा कोरोना

पर्सा- बारा जिल्लास्थित श्री चण्डीनाथ गणका सेना, भारतीय महावाणिज्य दूतावासका महिला कर्मचारी तथा बयोधा अस्पतालका स्टाफसहित पर्सामा थप ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज स्थित प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना महिलासहित थप ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. निरज सिंहले जानकारी दिए ।

संक्रमित हुनेहरुमध्ये वीरगञ्जका वडा ५, १०, १२, १५, १६ तथा २५ का ९ जना छन् भने बहुदरमाई नगरपालिका वडा नं २, ३, ५ तथा ६ का ८१ जना छन् । यसैगरि नारायणी बयोधा अस्पतालको हाउस किपिंग डिपार्टमेन्टमा कार्यरत ५ जना तथा क्वालिटी डिपार्टमेन्टमा कार्यरत १ जनासहित ६ जना छन् ।

संक्रमण पुष्टि हुनेहरुमा जिराभवानी गाउँपालिका वडा नं २ का ३ जना तथा वडा नं ३ का १ जनासहित ४ जना छन् भने नगरदाहाका २ जना छन् । त्यसैगरी बैरियाबिर्ताका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. सिंहले जानकारी दिए ।

उनले वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बारा जिल्लाका ८ जना कोरोना संक्रमण पुष्टि भएको बताए । जसमध्ये श्री चण्डीनाथ गणका नेपाली सेना ४ जना, कलैया उप-महानगरपालिका–१ का १ जना, जितपुरसिमरा नगरपालिकाका २ जना तथा प्रसौनी गाऊँपालिका – २ का १ जना रहेका छन ।

शीर्ष समाचार

धेरै पढिएको