November 21, 2024, Thursday
KN hd tv

नेपाली सेनाले चार हजार पाँच सयका लागि खुलायो जागिर (विज्ञापनसहित)

काठमाडौं – नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलाएको छ । सेनाले सैन्य पदमा चार हजार पाँच सय जनाका लागि जागिर खुलाएको हो । जसअनुसार सैनिक परिवारका लागि २२५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ दुई हजार ३५१ जनाको माग गरिएको छ ।

सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाका अनुसार महिला कोटामा ३९०, आदिवासी जनजाति कोटामा ६१७, मधेशी कोटामा ५४०, दलित कोटामा २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाएर नेपाली सेनाले जागिर खुलाएको हो ।

सूचना अनुसार आवेदकले अनलाइनमार्फत फारम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सम्बन्धित छनौट स्थलमा बुझाउनु पर्नेछ । जंगी अड्डाका अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले २०८०-०१-०८ देखि २०८० जेठ ७ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । दोब्बर दस्तुर तिरेर भने जेठ १४ गतेसम्म आवेदन बुझाउन सकिने सेनाको जंगी अड्डाले जनाएको छ ।
हेर्नुस् विज्ञापन

1 6 scaled 1

शीर्ष समाचार

धेरै पढिएको