November 21, 2024, Thursday
KN hd tv

यस्तो छ ‘जारी’ को ‘चरी बस्यो’ गीत

काठमाडौं – कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘चरी बस्यो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा कालीप्रसाद बासकोटाको शब्द, संगीत तथा स्वर छ । गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको प्रेमकथा र नोक झोक देखाइएको छ । वैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्मको गीत दर्शकले रुचाउने अपेक्षा निर्माण युनिटको छ ।

लिम्बु समाजमा विद्यमान जारी प्रथामा आधारित रहेर निर्माण भएको फिल्ममा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ । हिट फिल्म ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले यो फिल्ममा सहकार्य गरेका हुन् । फिल्ममा दयाहाङ र मिरुनाको अलवा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । फिल्मका निर्माता निर्देशक रामबाबु गुरुङ हुन् । बाँसुरी फिल्मस्को प्रस्तुति र कबड्डी फिल्मस्को सहकार्य छ ।

शीर्ष समाचार

धेरै पढिएको