कालिकोटमा पहिरोमा परी ६ जनाको मृत्यु
- Khabar Nirantar
- २०७७ श्रावण ३०
कालीकोट- कालिकोटको महाबै गाउँपालिका–३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको ज्यान गएको छ ।
गए रातिको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा परिवारका ६ जनाको मृत्यु भएको हो ।
पहिरोले घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र दाजु डिलबहादुर विष्टका दुई छोरी गरी ६ जनाको ज्यान गएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिएका छन् ।
स्वकीय सचिव सिंहले आफू घटनास्थलमा नै भएको र उद्धारमा लागिरहेको बताएका छन् ।
शीर्ष समाचार
- सचेतक गुरुङ : एसपीपी र एमसीसी सम्बन्धमा अमेरिकालाई तीन पत्राचार गर्नुपर्छ
- नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक राज्य व्यवस्था समितिबाट पारित
- सांसद संग्रैलाद्दारा किसानले मल पाउने-नपाउनेबारे सरकारले जानकारी दिन माग
- प्रचण्ड भन्छन् : अर्थमन्त्रीबाट शर्माको राजीनामाले त्याग र नैतिकताको सन्देश गएको छ
- बुढीगंगामा मतदानमा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच तनाव
प्रतिकृया दिनुहोस्