March 23, 2023, Thursday
२०७९ चैत्र १०, शुक्रबार
KN hd tv

सोवितालाई गृहमन्त्री बनाउने रविको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्विकार

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी अध्यक्ष रवी लामिछानेलाई गृहमन्त्री नबनाए सांसद सोविता गौतमलाई गृहमन्त्री बनाउन प्रस्ताव गरेको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहालले भने रवी र सोविता दुवैलाई तत्काल गृहमन्त्री बनाउन नसकिने जवाफ दिएका छन् । मंगलबार बिहान भएको भेटमा सकभर आफैंलाई गृहमन्त्री बनाईदिन रवीले प्रधानमन्त्री दाहालसँग अनुनय गरेका थिए । तर प्रधानमन्त्री दाहालले नागरिकताको विवाद अझै नसुल्झेको र राहदानीको विवाद समेत कायम रहेको अवस्थामा हतार नगर्न रवीलाई भनेका थिए । तर रवीले भने आफुलाई गृहमन्त्री नबनाउने भए पनि आफ्नो पार्टीको भागमा परेको गृहमन्त्रालय सोविता गौतमलाई सपथ खुवाउन आग्रह गरेका थिए । तर दाहालले त्यसमा पनि सहमति जनाएनन् । दाहालले अहिले तत्काल गृहको बारेमा धेरै बहस नगर्न भन्दै रवीले उठाएको विषयलाई गम्भीरता पुर्वक नलिएको स्रोेतले बताएको छ । प्रधानमन्त्री आफ्नो प्रस्तावमा तयार नभएपछि रवीले गृह मन्त्रालय नभए पुष १० अघि कै अवस्थामा मुलुक जाने भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । रवीको पार्टीले समर्थन फिर्ता लिए पनि खासै समस्या नहुने बुझेका प्रधानमन्त्री दाहालले त्यसमा पनि खासै चासो नदिएको स्रोतको दाबी छ । तर एमाले अध्यक्ष केपी ओलीले भने रवीको पार्टीलाई गृहमन्त्री दिन प्रधानमन्त्री दाहाललाई दबाब दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको